शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छः प्रचण्ड

ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छः प्रचण्ड

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भएको सबै अपराधिक गतिविधिको पछाडि ज्ञानेन्द्र शाह नै संलग्न भएको उल्लेख गरेका छन् ।  आज शनिबार नेकपा एकीकृत समाजवादीको भवन अवलोकन गर्दै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको र अहिले पनि देखिएको भन्दै यसरी छाडा हुने छुट ज्ञानेन्द्र शाहलाई दिन नहुने बताए ।

    उनले सरकारले कडा कदम चाल्ने समय पनि यही नै भएको भन्दै अपराधीहरु सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।  उनले भने, ‘अहिले जे भइरहेको छ यो एकदमै प्रष्ट भएको छ कि यसको पछाडि ज्ञानेन्द्र शाह नै हो र ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको हो र अहिले पनि देखिएको छ । त्यसकारण यही समय सरकारले कडा कदम चालोस । अपराधीहरु सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ र ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिदैँन् । नेपाली जनता त्यसको लागि तयार छैन् । यसमा पनि सरकार गम्भिर हुनुपर्छ भन्न चाहन्छु ।’

    Photo.jpg

    यस्तै, उनले राजधानीको मुटुमा यस्तो तोडफोड, विवेकहिन, अपराधिक घटना हुँदा सुरक्षाकर्मी समयमा आउन नसक्नु गम्भीर विषय भएको भन्दै यसलाई सरकारले समिक्षा गरेर आउने दिनको लागि पुनः तयारी भएर बस्नु पर्ने पनि बताए । 
    उनले भने, ‘यो पहिलो कुरा सरकार र प्रहरीको राम्रो तयारी देखिएन, आक्रमण भयो भनेर जानकारी गराए पछि पनि झण्डै ४०, ४५ मिनेटसम्म सुरक्षाकर्मीहरु नदेखिनु बडो बिडम्बना नै भन्नुपर्छ । यो खालको घटना होला भन्ने अपेक्षा नगरेको कुरा सुरक्षा क्षेत्रबाट आएको छ तर राजधानीको मुटुमा यस्तो तोडफोड, विवेकहीन, अपराधिक घटना हुँदा सुरक्षाकर्मी समयमा आउन नसक्नु यसलाई गम्भिर समिक्षा सरकारले गरोस र आउने दिनको लागि पुन तयारीमा जाओस ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट