शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

संसदमा पुग्यो धवल शम्शेर पक्राउ परेको सूचना, अब सांसद पद के होला?

संसदमा पुग्यो धवल शम्शेर पक्राउ परेको सूचना, अब सांसद पद के होला?

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • संसदमा पुग्यो धवल शम्शेर पक्राउ परेको सूचना, अब सांसद पद के होला?

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ । राप्रपा महामन्त्री तथा नवराज सुवेदी नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ का आन्दोलन परिचालन समितिका प्रमुख समेत रहेका राणा पक्राउको सूचना संसद सचिवालय पुगेको हो ।

    संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउको सूचना सचिवालयलाई प्राप्त भएको जनाएका छन् । सांसद पक्राउको सूचना आएपछि प्रतिनिधि सभा बैठकमा यसबारे सभामुखले जानकारी दिने प्रचलन छ। राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो । उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ । राप्रपाका नेता पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी लगायतले मिश्र र राणालाई शनिबार भेटेका थिए । उनी राजावादीको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा पक्राउ परेका हुन् ।

    पक्राउ परेसँगै उनी संसदीय गतिविधिबाट बञ्चित भएका छन् । संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो ।

    सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ । संसद् नभएको अवस्थामा सूचना पाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ । प्रतिनिधिसभा नियमावली अनुसार पक्राउ पर्दैमा तत्काल राणाको सांसद पल निलम्बन हुने छैन । प्रहरीले उनी विरूद्ध तीन वर्षभन्दा बढी सजाय माग दाबी गर्दै अभियोग लगायो र उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने त्यस्तो अवस्थामा मात्र उनको सांसद पद निलम्बनमा पर्नेछ ।

    यस्तो अवस्थामा राणाले सांसदको रुपमा तलब–भत्ता पाउने छैनन् । उनले सांसदका रूपमा प्राप्त हुने अधिकार पनि प्रयोग गर्न पाउने छैनन् । प्रतिनिधिसभा नियमावलीको नियम २४८ को ५ अनुसार तत्काललाई भने राणा संसदीय गतिविधिमा सरिक हुने छैनन । राणाले सफाइ पाए वा थुनामुक्त भए त्यसको सूचना सभामुखलाई दिनुपर्छ । त्यसपछि मात्रै राणा संसदीय गतिविधिमा सरिक हुन पाउने छन् ।

    दुर्गा प्रसाईको आह्वानमा शुक्रबार तीनकुनेमा प्रदर्शन भएको थियो । यो प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वमा रहेको ‘राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति’ ले पनि समर्थन गरेको थियो । समितिको सदस्य सचिव मिश्र र आन्दोलन परिचालन समितिमा राणा पनि छन् ।

    मिश्र र राणाले प्रदर्शनकारीलाई भड्काउन भूमिका खेलेको आरोप छ। यस भूमिकालाई लिएर राप्रपाभित्र कतिपय नेताले आलोचना गरेका छन् । तीनकुनेमा शुक्रबार दुई जनाको मृत्यु भएको थियो । व्यक्तिगत घरहरूमा तोडफोड र आगजनी भएको थियो । सरकारी गाडी, जडिबुटी कम्पनी र पार्टी कार्यालयहरूमा आगजनी भएको थियो । राप्रपाले शुक्रबारको घटनाबारे समीक्षा गरी धारणा बनाउन शनिबार अपराह्न ३ बजेका लागि कार्यसम्पादन समिति बैठक पनि बोलाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार