Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

गृहमन्त्रीलाई माधव नेपालको प्रश्नः प्रहरी–प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री रमेश लेखकलाई प्रहरीले आदेश नमानेको हो? भन्दै प्रश्न गरेका छन्। आज शनिबार पार्टी कार्यालय आलोकनगरमा शुक्रबारको आन्दोलनमा गरिएको तोडफोडको अनुगमनपछि अध्यक्ष नेपालले गृहमन्त्रीलाई ‘तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ?’ भन्ने प्रश्न गरेका हुन् ।

शुक्रबार राजावादीहरुले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरी क्षति पुर्‍याएका थिए। कान्तिपुर टेलिभिजनसहित अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुडा गर्नुका साथै एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेका थिए ।

ramesh-lekhak home minister2025-03-29-11-44-14.jpg

पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँई गरेको पार्टीका नेताहरुको आरोप छ । गृहमन्त्री लेखकलाई अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भने, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरु आएको भए केही रहँदैन थियो । तपाईको आदेश नमानेको हो कि हामीलाई शंका त त्यो लागिरहेको छ ।’

राजावादीहरुले शुक्रबार तीनकुनेमा निजी सम्पत्तिमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरु र जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्र लगायतकामा आगो लगाएका थिए ।