शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौंः गृहमन्त्री लेखक

दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौंः गृहमन्त्री लेखक

‘शुक्रबारको प्रदर्शन राजनीतिक होइन, अपराधिक कदम हो’

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौंः गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले फरार रहेका दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्ने बताएका छन् । शुक्रबार राजावादीले गरेको ओन्दोलनको घटनास्थलमा अनुगमनपछि मन्त्री लेखकले भने, ‘दुर्गा प्रसाईंको खोजी जारी छ । उहाँ चाँढै पक्राउ पर्नु हुन्छ ।’

    अनुसन्धान र छानबिनले के देखाउँछ त्यहीअनुसार कारबाही हुने उनले बताए । ‘यदि, यो देशमा लोकतन्त्र रहेन भने यसैगरी आक्रमण हुन्छ’, लेखकले भने । मन्त्री लेखकले शुक्रबार भएको घटनाबारे गम्भीरतापूर्वक छानबिन हुने बताए । प्रहरीले अहिलेसम्म दुर्गा प्रसाईंका गुरु पुष्कर खतिवडा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायतलाई पक्राउ गरिसकेको छ ।

    सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । उनले भने, ‘तपाईहरुलाई दुःख र पीडा भयो यो एकदमै अपराधिक काम हो । यो कुनै राजनीतिक कुरा होइन, राजनीतिक दर्शन, चेतनाको कुरा होइन, नितान्त अपराधिक काम हो । यसको लागि सरकारले आवश्यक कारबाही गर्छ र सञ्चार गृह लगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौँ ।’

    यस्तै, उनले सञ्चार एउटा महत्वपूर्ण अंग भएको हुँदा यसलाई ध्वस्त गर्ने कोशिस लोकतन्त्रकै विरुद्धको गतिविधि भएको भन्दै यसलाई गम्भिरता पूर्वक लिने बताए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार