Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

समाजवादी मोर्चा नेपालको बैठक बस्दैछ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा अब केही बेरपछि बैठक सुरु हुँदैछ । बैठकस्थलमा नेताहरू पुग्ने क्रम जारी छ ।

राजावादीले काठमाडौँको तीनकुने क्षेत्रमा दुई जनाको ज्यान जाने गरी गरेको हिंसात्मक आन्दोलनको भोलिपल्ट बिहानै समाजवादी मोर्चाको बैठक बस्न लागेको हो । 

यसअघि आजै बिहान ११ बजेका लागि तय गरिएको समाजवादी मोर्चाको बैठक सारेर आकस्मिक रूपमा राखिएको नेताहरूले जनाएका छन् । 

शुक्रबार समाजवादी मोर्चाले पनि भृकुटीमण्डपमा गणतन्त्रका पक्षमा प्रदर्शन र सभा गरेको थियो ।