Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजावादीले जलाए रास्वपा प्रमुख सचेतक परियारको गाडी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाइएको छ । परियार आज शुक्रबार दिनभर संसदको काम कारबाहीमा संलग्न थिए ।

बेलुकी भक्तपुरस्थित घर फर्किदै थिए । कफ्र्यु छल्न उनी भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै थिए । बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर जलाइ दिएका हुन् ।

परियारलाई गाडीबाट निकालेर राजावादी प्रदर्शनमा संलग्न युवाहरूले परियार चढ्दै आएको १३८२ नम्बरको गाडी जलाइ दिएका हुन् ।