शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजावादीको प्रदर्शन उग्रः शान्तिनगरदेखि जडिबुटीसम्म कर्फ्यु

राजावादीको प्रदर्शन उग्रः शान्तिनगरदेखि जडिबुटीसम्म कर्फ्यु

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • राजावादीको प्रदर्शन उग्रः शान्तिनगरदेखि जडिबुटीसम्म कर्फ्यु

    राजावादीहरुको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले काठमाडौंका तीन स्थानमा कर्फ्यु लगाएको छ।

    राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शान्तिनगर पुलदेखि जडिबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

    कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यु जारी रहनेछ । नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् ।

    प्रहरीले अहिले भने तीनकुने क्षेत्रबाट राजावादीको प्रदर्शनकारीलाई तितरबितर पारेको छ । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको थियो । अहिले राजावादीको प्रदर्शनसभा स्थल तीनकुने मैदानमा खाली गराइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट