शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजतन्त्र फर्काउन खोजे ठूलो मूल्य चुकाउनु पर्ने माधव नेपालको चेतावनी

राजतन्त्र फर्काउन खोजे ठूलो मूल्य चुकाउनु पर्ने माधव नेपालको चेतावनी

‘सरकार आफैं ढल्यो ढल्यो भन्दै हिँडिरहेको छ’

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • राजतन्त्र फर्काउन खोजे ठूलो मूल्य चुकाउनु पर्ने माधव नेपालको चेतावनी

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई चुस्ने र बर्बाद गर्ने राजतन्त्र नेपालमा फर्किने कल्पना पनि नगरेको बताएका छन् ।

    समाजवादी मोर्चाले आज शुक्रबार काठमाडौंमा गरेको सभामा बोल्दै नेपालले नेपालमा वंश र परिवारको शासन अब स्वीकार्ने अवस्था नभएको बताएका हुन् । ‘यो कास्टिङ मात्रै हो । यो मुलुकमा वंश र परिवारको शासनमा फर्किदैन । जनताले कसैको दासत्व स्वीकार्दैनन्,’ नेपालले भने, ‘जनतालाई चुस्ने, बर्बाद पारेको सम्झिँदा पनि राजतन्त्र फर्किने कल्पना गर्न सकिँदैन । यो देशमा वंशको शासन गर्ने कुचेष्टा कसैले नगर्दा हुन्छ । ढलेको राजतन्त्र आउन सम्भव छैन ।अराजकतावादको हल्ला सुनेका छौं । कोही मच्चिनुपर्दैन । देशलाई अगाडि लाने हो ।’ तर नागरिकको अपेक्षालाई पूरा गर्न तत्पर हुनुपर्ने उनको भनाइ छ ।

    अध्यक्ष नेपालले कांग्रेस एमाले गठबन्धन सरकार आफैं ’ढल्यो ढल्यो...’ भन्ने गीत गाइरहेको बताएका छन् । उनले सरकार जनताको काम गर्नबाट बिमुख भएको बताए । ‘सरकार जनताको समस्यामा तमासे भएर बसेको छ । जनताका समस्यासँग चासो छैन,’ उनले भने, ‘सरकारलाई गीत गाउन समस्या छन् । सरकार ढले ढले भन्दैछ । हामीले सरकार ढालिरहेका छैनौं । सरकारको वुद्धि सप्रियोस् ।’

    उनले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको आरोप लगाए । ‘प्रचण्ड सोझो मान्छे । स्वर्गमा लाने भनेर राति नर्कतिर धकेलेछन्,’ उनले भने, उनले भने, ‘मलाई पनि फकाउन आएका थिए । हामी पनि एकक्षण भ्रममा पर्‍यौं । उनको सोच, चिन्तन कस्तो छ । देश बनाउने हुटहुटी छ कि छैन रु हामीले पाइरहेका छैनौं । सरकार भ्रष्टाचारतिर ध्यान छ । जनताको पीडाले पोल्दैन ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार