शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पूर्वराजालाई पम्फा भुसालको सुझावः राजनीति गर्ने रहर भए दल खोलेर आऊ

पूर्वराजालाई पम्फा भुसालको सुझावः राजनीति गर्ने रहर भए दल खोलेर आऊ

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • पूर्वराजालाई पम्फा भुसालको सुझावः राजनीति गर्ने रहर भए दल खोलेर आऊ

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसालले निरंकुश राजतन्त्र पुनरागमन सम्भव नभएको दाबी गरेकी छन् । समाजवादी मोर्चाद्वारा आज शुक्रबार काठमाडौंको प्रदर्शनी मार्गमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    ‘मान्छे मरेपछि फेरि बाँच्न सक्दैन । निरंकुश राजतन्त्रको पुनरागमन सम्भव छैन’, भुसालले भनिन् । नागरिक दोस्रो दर्जाको नागरिक हुन इच्छुक नभएको उनले बताइन् । ‘नागरिक वर्गको अधिकार छाडेर सामन्ततिर फर्किनेवाला छैनन्,’ उनले भनिन् ।

    उनले सरकारले पनि आगोमा घ्यू थप्ने काम गरिरहेको टिप्पणी गरेकी छन् । ‘सरकारले पनि आफूलाई सच्याऊ र सुशासनको अभियान अगाडि बढाऊ । आगोमा घ्यू थप्ने काम मात्रै गरेर नबस,’ उनले भनिन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमार्फत आउन चुनौती समेत दिइन् । भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर राजनीतिक प्रतिस्पर्धामा आउन चेतावनी दिइन् ।

    भुसालले पूर्वराजा ज्ञानेन्द्रले आफू नागरिक सरहको हैसियतमा मात्र रहेको नबिर्सन आग्रह गरिन् । ‘पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिको रहर छ भने आफैं दल खोल अथवा राप्रपाबाट आऊ । दुई तिहाइ ल्याएर राष्टपति र प्रधानमन्त्री बन,’ उनले भनिन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार