Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजावदीहरुले प्रदर्शन विवादित आचार्य श्रीनिवास पनि सहभागी

काठमाडौंको तीनकुनेमा राजावदीहरुले प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शनमा विवादमा रहेका धर्मगुरु आचार्य श्रीनिवास पनि सहभागी छन् । उनी र्‍यालीको अगाडि नै देखिएका छन् ।

उनी जुलुसमै सहभागी भएको देखिन्छ । उनी यसअगाडि प्रहरीसँग अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका हुन् । तीनकुनेमा राजवादीको ठुलो जनसभा सहभागी छन् ।

राजा आऊ देश बचाउ भन्दै उनीहरू नाराबाजी गरिरहेका बेला श्रीनिवास पनि भाषण दिइरहेका छन् । उनी सहित केही उनका समर्थक पनि सहभागी छन् ।