Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि राजावादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि राजावादी समूहको प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थिएको छ।

आज राजसंस्था पक्षधरहरुले काठमाडौंको तीनकुनेमा जुलुससहितको प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको पहिलो घेरा तोड्ने प्रयास गरिरहँदा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ र अश्रुग्यासको पनि प्रहार गरेको छ ।

Photo (2).jpg

प्रहरीले तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ । सुरक्षा निकायले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले झन्डै ४–५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

यसअघि पनि उनीहरूलाई जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको तीनकुने क्षेत्र फर्काउन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् । प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।

Photo (14).jpg