शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि राजावादी र प्रहरीबीच झडप

निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि राजावादी र प्रहरीबीच झडप

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि राजावादी र प्रहरीबीच झडप

    प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि राजावादी समूहको प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थिएको छ।

    प्रहरीले तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ । सुरक्षा निकायले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

    प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले झन्डै ४–५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

    यसअघि पनि उनीहरूलाई जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको तीनकुने क्षेत्र फर्काउन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् ।

    अहिले काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच भएको झडप साम्य भएको छ ।प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार