शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजावादी–गणतन्त्रवादी प्रदर्शनः काठमाडौंमा कति मान्छे उत्रिंदै छन्?

राजावादी–गणतन्त्रवादी प्रदर्शनः काठमाडौंमा कति मान्छे उत्रिंदै छन्?

बिहानैदेखि काठमाडौंमा सवारी आवागमन प्रभावित

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • राजावादी–गणतन्त्रवादी प्रदर्शनः काठमाडौंमा कति मान्छे उत्रिंदै छन्?

    काठमाडौंका दुई स्थानमा आज शुक्रबार छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन् । काठमाडौं प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ ।

    बिहान एसइईको परीक्षा भएका कारण प्रशासनले दुवै समूहलाई ११ बजेपछि मात्रै कार्यक्रम सुरू गर्न भनेको छ।समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्‍याली सुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने तय भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिएका छन् । उनका अनुसार मोर्चामा रहेका चार दलले चार छुट्टाछुट्टै स्थानबाट र्‍याली निस्कनेछ ।

    माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट र्‍याली निकाल्नेछ । माओवादी केन्द्रले निकाल्ने र्‍याली बबरमहलबाट सुरू हुँदै माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै भृकुटीमण्डपस्थित सभा हुने स्थल पुग्नेछ । माओवादी केन्द्रले नै सोह्रखुट्टेबाट पनि र्‍याली निकाल्ने छ । उक्त र्‍याली सोह्रखुट्टे, असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चमा पुग्नेछ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुन्धाराबाट र्‍याली निकाल्नेछ । उनीहरूको र्‍याली सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च पुग्ने प्रवक्ता प्रकाण्डले बताए ।

    नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र्‍याली निकाल्ने छ । त्यस्तै शान्तिबाटिका र मैतिदेवीबाट नेकपा (एकीकृत समाजवादी)ले र्‍याली निकाल्ने छ । मैतिदेवीबाट पुतलीसडक, पद्मोदय मोड हुँदै मन्च पुग्नेछ । चारवटै दलले फरक फरक स्थानबाट निकालेको र्‍याली मिसिएर मञ्चमा पुग्ने र दिउँसो १ बजे सभा सुरू हुने नेता विश्वकर्माले जानकारी दिएका छन् ।

    राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्दैछन् । सो प्रदर्शनलाई राप्रपा लगायत राजावादी दलहरूको समर्थन छ । प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्‍याली निकाल्ने तयारी गरेका छन् । दुई समूहले फरक फरक स्थानमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाडौंमा ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ ।

    गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्ने क्षेत्रमा बिहानैदेखि सवारी आवागमतमा समस्या देखिएको छ । सवारी सञ्चालन हुने कतिपय रुटहरु बन्द गरिएका छन् । जसका कारण सवारी आवागमनमा बिहानैदेखि समस्या सिर्जना हुँदा यात्रुले सास्ती पाएका छन् । दुई फरक फरक विचारधाराका समूहले एकै दिन प्रदर्शन गर्ने भएकाले सुरक्षा चुनौती पनि सामान्य भन्दा बढेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्त एसएसपी शेखर खनालका अनुसार दुई पक्ष भेट हुने र मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै शुक्रबारको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।

    काठमाडौं प्रहरी परिसरका प्रमुखको कमाण्डमा ३,५०० बढी प्रहरी परिचालन गरिने उनले बताए । ‘आवश्यकता अनुसार थप प्रहरी पनि परिचालन हुन्छ । पट्रोलिङ टोली, सादा पोसाकमा पनि प्रहरी खटिनेछन्,’ एसएपपी खनालले भने। भृकुटीमण्डपको कार्यक्रमका लागि टुँडिखेल घुम्ने सडक बिहानैदेखि बन्द गरिएको छ।

    विभिन्न ठाउँमा बिहानैदेखि सवारी साधन डाइभर्सन गरिएको छ । दिउँसो पनि ट्राफिक व्यवस्थापनका लागि ९०० जना भन्दा बढी ट्राफिक प्रहरी खटाइने उनले बताए । आजको जुलुस र सभालाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । त्यसैले सकेसम्म धेरै मानिस काठमाडौंमा उतार्ने तयारी छ । त्यसैले उनीहरुले विभिन्न जिल्लाबाट बसमार्फत् आ–आफ्ना समर्थकहरु ओसारेका छन् । समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका एक नेताका अनुसार प्रत्येक प्रदेश कमिटीहरुलाई १०–१० हजारको दरले समर्थक भेला पार्न भनिएको छ । त्यस्तै जनवर्गीय संगठनहरुलाई पनि ३ देखि ५ हजार जनशक्ति उतार्न भनिएको छ ।

    यसैगरी विप्लव नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका पनि नेता–कार्यकर्ता र समर्थकहरु थपिँदा मानिसहरुको संख्या अझै बढ्ने अनुमान छ । कति मानिस उत्रिन्छन् भनेर अहिले नै भन्न त सकिँदैन तर माओवादी केन्द्र निकट कार्यकर्ताहरुले ‘भ्रष्टाचार र बेथितिका विरुद्ध डेढ लाख गणतन्त्रवादी एकै ठाउँ’ लेखिएको पोष्टर सामाजिक सञ्जालमा शेयर गरिरहेको देखिन्छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट