शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गणतन्त्र पक्षधरलाई राजावादीको चेतावनीः क्रिया भए, प्रतिक्रिया हुन्छ

गणतन्त्र पक्षधरलाई राजावादीको चेतावनीः क्रिया भए, प्रतिक्रिया हुन्छ

चैत्र १४, २०८१ बिहिवार
चैत्र १४, २०८१ बिहिवार
  • गणतन्त्र पक्षधरलाई राजावादीको चेतावनीः क्रिया भए, प्रतिक्रिया हुन्छ

    राजावादीहरूले भोलि शुक्रबार काठमाडौंमा गरिने प्रदर्शन शान्तिपूर्ण हुने जनाएका छन् । तर, विज्ञानको नियम सम्झाउँदै उनीहरूले क्रिया भए प्रतिक्रिया पनि हुन सक्ने बताएका छन् । 

    भोलि काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । काठमाडौं प्रशासनका अनुसार राजावादीहरूको प्रदर्शन तीनकुने र गणतन्त्रवादीहरूको प्रदर्शन भृकुटीमण्डपमा हुनेछ ।

    सोही प्रदर्शनबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत् ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले द्वन्द्व, मुठभेड, तोडफोड, आगजनी, आमहडताल, ध्वंसात्मक हिंसा प्रतिहिंसा र गृहकलह धान्न वा सहन नसक्ने यथार्थ सम्झाएका छन् । उनले आफूहरू संवेदनशील भएको जिकिर गर्दै शान्तिपूर्ण सहकार्यको प्रक्रिया रोजेको भन्दै त्यसलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन् ।

    ‘विज्ञानको नियम अनुसार क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै । यदि यसलाई हाम्रो कमजोरी ठानेर बेवास्ता वा उपेक्षा भएमा त्यसको परिणाम अनुकूल नहुन सक्छ,’ सुवेदीले भने । आफूहरूको पहिलो प्राथमिकता राजसंस्था पुनस्र्थापना गरेर सर्वपक्षीय सम्मेलनबाट सहमतिको बाटोमा अघि बढ्ने रहेको बताए ।

    देश इतिहासकै असाधारण अवस्थाबाट गुज्रिरहेको, राज्यका कुनै अंग स्वस्थ नभएको र उपचारका लागि ढिला भइसकेको बताए । संवैधानिक राजसंस्थाको पुनस्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन राजावादीहरूको मूल माग छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार