Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

काभ्रेका जिसस प्रमुख गौतम रिहा

बैंकिङ कसुर आरोपमा हिजो पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रिहा भएका छन् । हिजो उनलाई प्रहरी बृत्त बानेश्वरको टोलीले बैंकिङ कसुरको उजुरीका आधारमा पक्राउ गरेको थियो ।

बैकिङ कसुरको मुद्दा खेपेका उनी जाहेरीवालालाई रकम तिरेर कागजी प्रक्रिया पुरा गर्न बुधवार बानेश्वर वृतमा पुगेका थिए। जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

उनी अहिले थुनामुक्त भएर काभ्रे पुगिसकेका छन् । जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

उनी नेकपा (एकीकृत समाजवादी) बाट जिसस प्रमुख बनेका हुन् ।