शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक २ बजेका लागि सारियो, प्रधानमन्त्रीकै जवाफ चाहिने विपक्षी दलहरूको अडान

११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक २ बजेका लागि सारियो, प्रधानमन्त्रीकै जवाफ चाहिने विपक्षी दलहरूको अडान

चैत्र १४, २०८१ बिहिवार
चैत्र १४, २०८१ बिहिवार
  • ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक २ बजेका लागि सारियो, प्रधानमन्त्रीकै जवाफ चाहिने विपक्षी दलहरूको अडान

    प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी २ बजे बस्ने गरी सारिएको हो ।

    विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीकै जवाफ चाहिने अडान लिएपछि बैठक सारिएको हो ।प्रतिपक्षीले अवरोध गर्दा बुधबार पनि बैठक स्थगित गरिएको थियो । 

    बैठक नियमित प्रक्रियाअनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् । दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधि सभाको बैठक बस्ने समय नै परिवर्तन भएको छ । प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरेर बैठकको समय परिवर्तन गरेका हुन् ।

    उनले बिहीबार बिहान ११ बजे बस्ने भनिएको संसद् बैठक दिउँसो २ बजेका लागि सारिएको सूचनामार्फत् जानकारी दिएका छन् । यसअघि संसद् सुचारुको प्रयासस्वरुप सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग संसद् भवनमा छलफल गरेका थिए ।

    तर कुलमानलाई हटाइएको प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागिरहेका विपक्षीले अडान नछाड्दा हल निस्किन सकेको छैन । संसद्मा यसबारे ऊर्जामन्त्री दीपक खड्काले जवाफ दिने भनिए पनि विपक्षीले प्रधानमन्त्री खोजेका छन् । प्रतिपक्षी दलले घिसिङलाई हटाउने निर्णयबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने माग गरिरँहदा ओलीले झन् भड्किलो अभिव्यक्ति दिएका थिए ।

    उनले एकजना कर्मचारी हटाउने सरकारको निर्णयमा संसद्‍मा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । आफूले घिसिङ हटाउने विषयमा संसद्‍मा जवाफ नदिने बुधबार नैबताइसकेका छन् । तर, प्रतिपक्षले प्रधानमन्त्री ओलीले संसद्‍मा उभिएर उचित जवाफ दिनुपर्ने गरिरहेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार