शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भोलि राजावादी र गणतन्त्रवादीहरू प्रदर्शनमा उत्रिँदै, सर्वसाधारण पर्नेछन् बिहानैदेखि जाममा

भोलि राजावादी र गणतन्त्रवादीहरू प्रदर्शनमा उत्रिँदै, सर्वसाधारण पर्नेछन् बिहानैदेखि जाममा

चैत्र १४, २०८१ बिहिवार
चैत्र १४, २०८१ बिहिवार
  • भोलि राजावादी र गणतन्त्रवादीहरू प्रदर्शनमा उत्रिँदै, सर्वसाधारण पर्नेछन् बिहानैदेखि जाममा

    काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू भोलि (चैत १५ गते) प्रदर्शनमा उत्रिँदै छन् । प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंका सडकमा सवारी जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बिहानैदेखि सवारी जाम हुन सक्ने बताए । उनका अनुसार, भोलि एकहजार ८०० ट्राफिक प्रहरी खटाउने तयारी छ । “भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले राति १२ बजेदेखि नै स्टेज बनाउन थाल्ने भनेका छन् । त्यस्तै, तीनकुनमा पनि राजावादीहरूको प्रदर्शन छ । विभिन्न ठाउँबाट र्‍याली निकाल्ने हुँदा सवारी आवागमन असहज हुन्छ,” उनले भने ।

    समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितले भृकुटीमण्डपमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध प्रदर्शन गर्दै छन् । दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ले काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्दै छ । राजावादीको प्रदर्शनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि समर्थन छ ।

    भृकुटीमण्डपमा ११ बजेदेखि र १ बजेदेखि तीनकुनेमा प्रदर्शन हुने तय भएको छ । ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ ।

    त्यस्तै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट