Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, हेनुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । आज सुन एक हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ ।

स्थानीय बजारमा सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ । 

बुधबार सोही परिमाणको सुन एक लाख ७३ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी पनि ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।