Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कारको ठक्करबाट तिलोत्तमाका वडा सदस्यको मृत्यु

भैरहवा–बुटवल सडकखण्डको कालिका नगरमा कारले ठक्कर दिंदा एक वडा सदस्यका मृत्यु भएको छ।

भैरहवाबाट बुटवलतर्फ गईरहेको बा.प्र. ०१–०३१–च५००२ नम्बरको ईभी कारको ठक्करबाट सोही दिशातर्फ गइरहेको लु ३६ प ८४४० नम्बरको मोटरसाइकल चालक ६० वर्षीय खेमराज पाठकको मृत्यु भएको हो ।

उनी तिलोत्तमा नगरपालिका–२ का वडा सदस्य हुन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार मोटरसाइकलले कारलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेको थियो ।

मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए । घटनापछि कार चालक र कार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।