Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । 

प्रतिपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा सरकारको जवाफ माग्दै सदन अवरूद्व गरेपछि बैठक स्थगित भएको हो ।

बैठक सुरू हुनासाथ सरकारको जवाफ माग्दै प्रतिपक्षी दलहरूले बैठक अवरूद्व गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए । 

फेरि दोस्रो पटक बसेको बैठकमा पनि प्रतिपक्षीले अवरोध कायमै राखेपछि सभामुख घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित गरेका हुन् ।