Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कुलमानको बर्खास्तीको विरोधमा प्राधिकरण घेराउ (फोटोफिचर)

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले गरेको बर्खास्तीविरुद्ध आज विद्युत् प्राधिकरण घेराउ गर्न पुगेका स्वतन्त्र युवा समूहलाई प्रहरीले धरपकड गरेको छ ।

kulman protest62025-03-26-14-17-32.jpg

सोमबारको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो ।

kulman protest4(1).jpg

शाक्यले मङ्गलवार नै पदभार ग्रहण गरिसकेका छन् । २०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

kulman protest5.jpg


त्यसको तीन दिनपछि साउन २७ मा नियुक्ति पत्र बुझे लगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए । तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ति पाएका घिसिङको नियुक्त बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए ।