Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जिसस काभ्रेका प्रमुख गौतम पक्राउ

जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो ।

काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको पाइएको बताइएको छ । पक्राउबारे थप विवरण आइसकेको छैन ।