नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद शक्ति बस्नेतले सरकारले जल माफियाहरूको स्वार्थ पूरा गर्न विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूका तर्फबाट बोल्दै सांसद बस्नेतले उक्त आरोप लगाएका हुन् । सरकारले एक जना राष्ट्रसेवकको मानमर्दन र अपमानित गर्न रसार्वजनिक संस्थालाई तेजोबध गर्नका लागि आफ्नो दुई तिहाईको सामथ्र्य प्रस्तुत गरिराखेको उनको भनाई छ ।
सांसद बस्नेतले भने,‘लोकतन्त्रमा संख्या महत्त्वपूर्ण कुरा हो । संख्याको पहाड जनचाहना सामू गल्र्यामगुर्लुम ढलेका इतिहास र अनुभवहरू हाम्रा वरिपरि छन् । सरकारले दुई तिहाइको सामथ्र्य एकजना राष्ट्रसेवकको मानमर्दन गर्न, अपमानित गर्न र एउटा सार्वजनिक संस्थालाई तेजोबध गर्नका लागि आफ्नो सामथ्र्य प्रस्तुत गरिराखेको छ ।’
कुलमान घिसिङलाई स्पष्टीकरणको नौटंकी प्रदर्शन गर्दै सरकारले आफ्ना गलत कर्तुत ढाकछोप गर्न खोजिराखेको बताए। उनले सरकार सर्वसत्तावादतर्फ अघि बढेको पनि बताए । विपक्षी दलले घिसिङ बर्खासीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी नगराएसम्म सदन चल्न नदिने बताएका छन् ।