Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

माओवादीको आरोपः सरकारले माफियाहरूको स्वार्थ पूरा गर्न कुलमानलाई हटायो

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद शक्ति बस्नेतले सरकारले जल माफियाहरूको स्वार्थ पूरा गर्न विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूका तर्फबाट बोल्दै सांसद बस्नेतले उक्त आरोप लगाएका हुन् । सरकारले एक जना राष्ट्रसेवकको मानमर्दन र अपमानित गर्न रसार्वजनिक संस्थालाई तेजोबध गर्नका लागि आफ्नो दुई तिहाईको सामथ्र्य प्रस्तुत गरिराखेको उनको भनाई छ ।

सांसद बस्नेतले भने,‘लोकतन्त्रमा संख्या महत्त्वपूर्ण कुरा हो । संख्याको पहाड जनचाहना सामू गल्र्यामगुर्लुम ढलेका इतिहास र अनुभवहरू हाम्रा वरिपरि छन् । सरकारले दुई तिहाइको सामथ्र्य एकजना राष्ट्रसेवकको मानमर्दन गर्न, अपमानित गर्न र एउटा सार्वजनिक संस्थालाई तेजोबध गर्नका लागि आफ्नो सामथ्र्य प्रस्तुत गरिराखेको छ ।’

कुलमान घिसिङलाई स्पष्टीकरणको नौटंकी प्रदर्शन गर्दै सरकारले आफ्ना गलत कर्तुत ढाकछोप गर्न खोजिराखेको बताए। उनले सरकार सर्वसत्तावादतर्फ अघि बढेको पनि बताए । विपक्षी दलले घिसिङ बर्खासीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी नगराएसम्म सदन चल्न नदिने बताएका छन् ।