Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नबिल बैंकका सीईओ ढुङ्गानाको राजीनामा स्वीकृत, कामु सीईओमा ज्ञवाली नियुक्त

नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । 

बैंकको चैत १३ गते आज बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णेय गरेको हो ।

साथै बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई कामु सीईओ नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने तयारीमा रहेका ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए ।

हेर्नुहोसे यो भिडीयो पनि: