Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नवनियुक्त शाक्यलाई उर्जामन्त्री खड्काको निर्देशनः नतिजा देखिने गरी काम गर्नू

जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकारणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उद्योगीहरूसँग लिनुपर्ने बक्यौता तत्काल असुल गर्न निर्देशन दिएका छन्।

आज मंगलबार साँझ शाक्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै मन्त्री खड्काले सो निर्देशन दिएका हुन् ।मन्त्री खड्काले नव नियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरूसँग प्राधिकरणले लिनुपर्ने बक्यौता तत्काल असुल गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

उनले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत् प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न पनि निर्देशन दिएका छन् ।