शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लोडसेडिङको हल्ला निराधार हो, अब हुँदैनः हितेन्द्र शाक्य

लोडसेडिङको हल्ला निराधार हो, अब हुँदैनः हितेन्द्र शाक्य

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • लोडसेडिङको हल्ला निराधार हो, अब हुँदैनः हितेन्द्र शाक्य

    नेपाल विद्युत् प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। आज मंगलबार साँझ प्राधिकरणमा पुगेर नव नियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् ।प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए ।

    पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए । यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिकरूपमा समाधान गर्ने प्रतिबद्धता जनाए । लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अब लोडसेडिङ नहुने उनले प्रष्ट पारे ।

    उनले दुई हप्ताभित्र केही सकारात्मक नतिजा देखिने गरी काम गर्ने बताए। शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दाबी गरे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार