Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कुलमानलाई हटाउने निर्णयविरुद्ध रास्वपा पनि उत्रियो प्रदर्शनमा, सुमना श्रेष्ठले भनिन् काम गर्न दे सरकार

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कार्यकाल बाँकी छँदै कुलमान घिसिङलाई हटाएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मिसिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्कीलगायतका युवाहरुले कुलमानको बर्खास्तीको चर्को विरोध गरेका छन् ।

 उनीहरुले ‘काम गर्न दे सरकार’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो । उता कुलमानले भने सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा छन् ।