Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कता हिंडेको बिजुली मारेर, कुलमान फालेर (भिडियोसहित)

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ ।

 

आज (मंगलबार) ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ जस्ता नारा लेखिएको प्लाकार्डसहित प्रदर्शन भएको हो । मन्त्रिपरिषदको सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । माइतीघरमा कुलमानको समर्थनमा युवाहरु स्वतःस्फूर्त आन्दोलनमा उत्रेका हुन् ।

kulman support2025-03-25-14-19-04.jpg

घिसिङलाई हटाउने सरकारको निरंकुश र भ्रष्ट कदम भन्दै त्यसको विरोधमा नेपाली जनताले स्वत स्फूत रुपमा आन्दोलन गरेका थिए । यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले विरोध गरेका छन् ।