शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कता हिंडेको बिजुली मारेर, कुलमान फालेर (भिडियोसहित)

कता हिंडेको बिजुली मारेर, कुलमान फालेर (भिडियोसहित)

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • कता हिंडेको बिजुली मारेर, कुलमान फालेर (भिडियोसहित)

    सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ ।

     

    आज (मंगलबार) ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ जस्ता नारा लेखिएको प्लाकार्डसहित प्रदर्शन भएको हो । मन्त्रिपरिषदको सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । माइतीघरमा कुलमानको समर्थनमा युवाहरु स्वतःस्फूर्त आन्दोलनमा उत्रेका हुन् ।

    kulman support2025-03-25-14-19-04.jpg

    घिसिङलाई हटाउने सरकारको निरंकुश र भ्रष्ट कदम भन्दै त्यसको विरोधमा नेपाली जनताले स्वत स्फूत रुपमा आन्दोलन गरेका थिए । यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले विरोध गरेका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार