Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्न र झुट फैलाउन सक्रिय देखिएः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्ने र झुट फैलाउन सक्रिय रहेको बताएका छन् । आज (मंगलबार) ललितपुरको कुपण्डोलमा प्रगतिशील इन्जिनियरिङ एशोसिएसनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्ना विषय र काममा केन्द्रित भइरहेको बताएका हुन् ।

‘केही मानिसहरू समृद्ध नेपाल खुसी नेपाली राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेका छन्, त्यो स्वाभाविक पनि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘विरोधीहरू लाग्छन्, यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन । कसरी सरकार वा आफू बाहेकलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न र झुटलाई फैलाउन सकिन्छ भन्ने कुरामा उहाँहरू बहुत नै सक्रिय देखिनु हुन्छ ।’

PMsachiwalaya-12WhatsAppImage2025-03-25at12.42.46PMcopy.jpg

अनावश्यक कुरामा अलमल्याउन खोज्ने र विषयबाट ध्यान मोड्न खोजे पनि त्यसका लागि आफूहरू तयार नरहेको उनले बताए । विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए । ‘देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा हाम्रो ध्यान रहेको छ,’ उनले भने ।

२०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको उनले बताए । ‘पछिल्लो समय सबै साथीहरूले यो कुरा अनुभव गरिरहेको कुरा हो भन्ने म ठान्छु,’ उनले भने । आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने प्रधानमन्त्री ओलीले जिकिर गरे । ‘केही पनि भएन, केही पनि भएन भनेर हल्ला गरेको गर्‍यौ’ उनले भने, ‘यसमा देशीविदेशी सबै तत्वहरू सक्रिय भए ।’ नेपाल विकास भएको देख्न नचाहने त्यस्ता तत्वहरू हल्ला मात्रै गर्न चाहने प्रधानमन्त्रीको आरोप छ ।