शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कबाड व्यवसायीलाई दुःख दिएर समस्या हल हुँदैन, बालेनसँग कुरा गर्छुः प्रचण्ड

कबाड व्यवसायीलाई दुःख दिएर समस्या हल हुँदैन, बालेनसँग कुरा गर्छुः प्रचण्ड

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • कबाड व्यवसायीलाई दुःख दिएर समस्या हल हुँदैन, बालेनसँग कुरा गर्छुः प्रचण्ड

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपने बताएका छन् । कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन् ।

    ‘कबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरी छ,’ अध्यक्ष प्रचण्डले भने, ‘संकलन गर्ने मजदूर तथा व्यवसायीलाई दुःख दिएर समस्या हल हुँदैन ।’ भेटका क्रममा अध्यक्ष प्रचण्डले कबाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगरका मेयर बालेन शाहसँग छलफल गरेर सकारात्मक वातावरण निर्माणका लागि पहल गर्ने समेत बताएका छन् ।

    कबाड संकलक तथा व्यवसायका क्रममा काठमाडौं महानगरपालिकाले अवरोध सिर्जना गरेका कारण व्यवसायी पीडित र विस्थापित हुन पुगेको भन्दै कबाड व्यवसायी संघर्ष समितिले अध्यक्ष प्रचण्डलाई पहल गरिदिन आग्रह गरेका हुन् । महानगरभित्र कबाडको गोदाम राख्न कडाइ गरी डोजर चलाएपछि उनीहरू आन्दोलित भएका हु्न् । आफ्नो व्यवसायीमाथि धरपकड नरोकिएसम्म आन्दोलन गर्ने उनीहरूले बताउँदै आएका छन् । विगत लामो समयदेखि महानगरपालिका र कबाड व्यवसायीबीच विवाद चलिरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार