Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कुलमानको बर्खास्तीविरुद्ध माओवादीका जनसंगठनहरु सडकमा उत्रिदैं

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका भ्रातृ संगठनहरु पनि सडकमा उत्रिने भएका छन् ।

कुलमान हटाउने निर्णविरुद्ध आजै दिउँसो साढे ३ बजे नयाँ बानेश्वरमा माओवादीका जनवर्गीय संगठन र मोर्चाहरुको संयुक्त विरोध प्रदर्शन गर्न लागिएको वाइसिएल इञ्चार्ज तथा युवा नेता रामप्रसाद सापकोटा दिपशिखाले नेपाल जानकारी दिएका छन् ।

दिउँसो नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि प्रदर्शन र कोणसभामा सहभागी हुन उनले कार्यकर्तालाई आह्वान गरेका छन् । कुलमान हटाएर बिचौलियाको सेवा गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध संघर्ष गरिने र जनताको समर्थन खोजिने उनले बताए । यसअघि आजै विहान नेकपा एसनिकट युवा विद्यार्थीले पनि सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।