Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कुलमान घिसिङलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुतला दहन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादी निकट जनसंगठनले विरोध प्रदर्शन गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादी निकट युवा संघ, अनेरास्ववियू लगायत जनसंठनका नेताहरूले आज मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् ।उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै सरकारविरूद्ध नाराबाजी समेत गरे ।

घिसिङलाई हटाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेका छन्। सत्तारूढ दलभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन् ।