शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विश्वभर नेपाली फिल्मको बजार राम्रो छः निर्देशक भण्डारी

विश्वभर नेपाली फिल्मको बजार राम्रो छः निर्देशक भण्डारी

नेपालमा फिल्म शोका लागि हल व्यवसायीहरुसँग सम्झौता गर्न कठिन भएको सुनिन्छ । धेरैजस्तो फिल्महरु त हलबाट निकालिदिएको, स्थान नपाएको पनि सुनिन्छ । यस विषयमा चाँही सरोकारवालाहरु सबैजना बसेर छलफल गरेर सहजीकरण गर्नुपर्छ ।

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • विश्वभर नेपाली फिल्मको बजार राम्रो छः निर्देशक भण्डारी

    प्रमिला कार्की । यतिबेला मेरो व्यस्तता फिल्म ‘प्रेमा’ को प्रवद्र्धनमा केन्द्रित छ । इन्डियन ओटीटी प्लेटफर्ममा लागिसकेकाले थप प्रचार गरिरहेको छु । यो फिल्म नेपालमा प्रदर्शन भइसकेको छ । यो रोमान्टिक ड्रामा हो । कलाकार अरुण क्षेत्री, सुभेच्छा खड्का र सृष्टि श्रेष्ठले राम्रो भूमिका निर्वाह गरेका छन् । नेपालमा लागिसकेको फिल्म भएकाले कुनै नयाँ मार्केटका लागि प्रयास गरेको हुँ । आफ्नो लगानी बचत गर्न सक्छौ र अझै विश्व बजारतिर फैलिनसक्छौं भनेर भारतीय बजारमा प्रयास गरिरहेको हुँ । इन्डियामा धेरै चिनेजानेका साथीहरु भएकाले करिब एक डेढ वर्षदेखि विभिन्न प्लेटफर्ममा ‘प्रेमा’ शो गर्ने अवसर मिलेको छ ।

    ‘हङ्गामा डट कम’, ‘एरटेल एक्ट्रिम’, ‘यमाजोन प्राइम’ र ‘स्टार प्राइम’ गरी चारवटा ओटीटीमा फिल्म लागेको छ । राम्रो प्रतिक्रिया आइरहेको छ ।  ‘यमाजोन प्राइम’मा युके र अमेरिकामा बस्ने नेपालीहरुले हेर्न पाउँछन् भने ‘हङ्गामा डटकम’ र ‘स्टार प्राइम’ मा संसारभर जहाँबाट पनि एप डाउन्लोड गरेर हेर्न मिल्छ । ‘एरटेल एक्ट्रिम’मा भने भारतमा बस्ने एरटेलका प्रयोगकर्ताहरुले मात्र हेर्न मिल्छ ।

    Govind Singh Bhandar (5).jpg

    नेपालमा हलमा सोचेजस्तो भएन् । किनभने निर्माताको रुपमा मेरो पहिलो फिल्म थियो । निर्देशक पनि आफैं थिए । बनाउने र बेच्ने दुवै आफू हुँदा अलिकति नमिलेको हो की जस्तो लाग्यो । पहिलो पटक निर्माता भएर बजारीकरण कसरी गर्ने भन्ने कुरामा म चुकें । त्यही भएर थ्रेटरमा खासै राम्रो भएन । तर यसमा चिन्ता छैन् । जुन किसिमको बजेटमा फिल्म बनाएका थियौं, इन्डियन ओटीटीमा लाग्दा घाटामा भने गएन । 
    निर्देशक र लेखक एउटै हुनु धेरै राम्रो कुरा हो ।

    आफैले लेखेको कथा फिल्ममा उतार्न सजिलो हुन्छ । आरामले दर्शकलाई देखाउने सक्नेगरि पर्दामा उतार्न सकिन्छ । निर्माता बन्नु भनेको जटिल काम नै रहेछ । हामी त कलाकार हो, निर्देशक पनि एक प्रकारको कलाकार नै हो । निर्माता भनेको पूरै व्यवसायी हुन्छ, उनीहरुलाई व्यापारिक ज्ञान हुन्छ । सुरुवातमा निर्देशक चुक्नसक्छ तर पछि काम गर्दै जाँदा धेरै जना सफल भएका पनि छन् । कुन फिल्म चल्छ र कुन चल्दैन भन्ने कुरा एकदमै जटिल कुरा हो । कसैले भन्न सक्दैन ।

    विश्वको चलचित्रको इतिहास हेर्ने हो भने अर्बौको लगानी भएको हलिउड फिल्महरु पनि फल्प भएका छन् । यसको कारण सायद फिल्म सही समयमा रिलिज नहुनु होला वा कतिवटा फिल्म राम्रो नभएर होला, कतिले प्रचार प्रसार राम्रो तरिकाले गर्न नसकेर होला । मेरो फिल्म थ्रेटरमा राम्रो तरिकाले चलेन तर नयाँ बजार त पाएको छ । कसैको सुरुमा चल्न सक्छ, कसैको पछि चल्न सक्छ वा कुनैले नयाँ मञ्चमा बजार पनि बनाउन सक्छ ।

    फिल्म लागेको धेरै भएको छैन् तर अहिलेसम्ममा प्रतिक्रियाहरु राम्रो नै छ । नेपाली फिल्म, नेपाली भाषा, अंग्रेजी सबटाइटलमा लागेको हो । हिन्दीमा होइन । त्यसकारण चलचित्रप्रेमी र नेपाली भाषा बुझ्नेहरुले पहिला फिल्म हेरेपछि, यसको चर्चा हुन थालेपछि मात्र अरु भारतीय दर्शकहरुले हेर्ने हो । अहिले हामी हंगामा, स्टार क्राइममा पुग्न सकेका छौं । भोली अब हामी नेटफ्लिक्ससम्म जाने भन्ने छ । सबैको फिल्म विश्व बजारमा आउनैपर्छ । चर्चा हुनैपर्छ । सबैले स्थान पाउनुपर्छ । पहिला युट्यूब हिन्दी डब भएका फिल्महरु हेथ्र्यौं तर अहिले भाषा नबुझे पनि तेलुगा फिल्म सबटाइटलसहित हेर्ने भएका छौं । अडियन्सलाई बानी बसाल्ने कुरा प्रमुख हो ।

    Govind Singh Bhandar (4).jpg

    त्यसैले नेपाली फिल्म मेकरहरुले  विस्तारै प्रयासहरु गरिरहेका छन् । हिन्दीमा डब गरेर केही फिल्महरु लागेका छन्, नेपाली भाषाका फिल्म अंग्रेजी सबटाइटलसहित लागेका छन् । यो राम्रो उपलब्धी हो । मीन भाम सरले फिल्म फेस्टेवलतिर कति धेरै फिल्म लगाइसक्नुभयो । रेगुलर अडियन्सले हेर्ने फिल्महरुले धेरै स्थान पाउन सकेको छैन् ।

    सोसल मिडिया, पत्रपत्रिकामा आइसकेको कुराहरुलाई फिल्म बनाउँदा कुनै कानुनले रोक्न सक्दैन । फिल्मले नदेखाउने हो भने पत्रिकाले लेख्दैन् नि । पत्रिकाले लेखेका कुरा पनि मान्छेले पढिरहेका हुन्छन् । पढ्न पाउने, युट्यूब हेर्ने तर फिल्ममा चाँही किन देखाउन नपाउने ? त्यसैले फिल्म देखाउन पाउनुपर्छ । हाम्रा अग्रज चलचित्रकर्मीहरुले यस विषयमा आवाजहरु समेत उठाइरहेका छन् । अन्तर्राष्ट्रिय मार्केटमा सरकारले केही पनि गर्न सक्दैन । त्यसैले सरकारले फिल्म मार्केट चाहिन्छ जस्तो पनि लाग्दैन ।

    विश्वमा विभिन्न किसिमको कल्चरहरु छन्, ति फिल्महरुलाई सरकारले सहयोग गर्नुपर्छ । पछि गएर बनाउनको लागि र जोगाउको लागि केही न केही त सहयोग सरकाले गर्नैपर्छ । वातावरण सजिलो बनाइदिनपर्छ । र समग्रमा आफ्नै तरिकाले फिल्म बनाउन दिनु नै धेरै ठूलो कुरा हो । तर नेपालमा सहज छैन । कसैको नाम प्रयोग गर्न पाउँदैन, स्थानको नाम प्रयोग गर्न पाउँदैन । त्यसलाई सहजीकरण गरिदिएपछि बाँकी काम हामी आफैंले पनि गरिहाल्छौं । जुन कुरा पहिले नै मार्केटमा आइसकेको छ । पत्रपत्रिकामा आइसकेको छ । युट्यूब जतिबेला पनि हेर्न पाएका छौं । फिल्मको कथा भनेकै समाजबाट आउने हो ।

    Govind Singh Bhandar (3).jpg

    काल्पनिक कथाको पनि बेस भनेको वास्तबिकता नै हो । झै–झगडा, आन्दोलन त समाजमा भइरहेको छ । त्यसलाई रोक्न सक्या छैन् । तर फिल्ममा मास दृश्य रोकिएको छ । सेन्सर गर्ने कुराहरु पनि छन् । देशको बारेमा आतंकवादी गतिविधि देखि लिएर मापदण्ड विपरित देखाउँदा सेन्सर हुन्छ । त्यसबारे फिल्म बनाउनेले पनि बुझेका हुन्छौं । यसलाई सरकारले सहज गरिदिए राम्रो हुन्छ । फिल्म मेकरलाई सहज तरिकाले फिल्म बनाउन चाँही दिनुपर्छ । 

    नेपालमा फिल्मको शोका लागि हल व्यवसायीहरुसँग सम्झौता गर्न कठिन भएको सुनिन्छ । धेरैजस्तो फिल्महरु त हलबाट निकालिदियो, स्थान दिएन भन्ने गरेको पनि सुनिन्छ । यसमा चाँही सरोकारवाला सबैजना बसेर छलफल गरेर सहजीकरण गर्नुपर्छ । नेपालमा नै नेपाली फिल्मले स्थान पाएन भने अरु के आशा गर्नु र? नेपाली फिल्ममा भविष्य चाँही राम्रो छ । व्यापार छैन भन्नु गलत हो । पाँचदश बर्ष अगाडिको फिल्म मेकिङ प्रोसेस क्वालिटी हेर्ने हो भने अहिले त धेरै फड्को मारिसकेको छ । पहिला एक करोडको फिल्म बनाउँदा धेरै ठूलो लाग्थ्यो । अहिले १० करोडको फिल्म बनिसक्यो । सम्भावना नै नदेखेर त लगानी भएको होइन् होला । (फिल्म ‘प्रेमा’का निर्माता एवम निर्देशक गोविन्द सिंह भण्डारीसँग गरेको कुराकानीमा आधारित)

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार