Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

युरोपमा सार्वजनिक भयो चाङआनको ईभी ब्राण्ड डीपल, यसै वर्ष १० युरोपेली मुलुकमा विस्तार गर्ने योजना

इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी सोलुसन्सको साथ युरोपेली उपस्थितिलाई सुदृढ पार्दै मार्च २४, २०२५-- एक इन्टेलिजेन्ट लो-कार्बन मोबिलिटी प्रविधि कम्पनी चाङआन अटोमोबाइलले जर्मनीमा "शेयरिङ द फ्युचर" थिमको आफ्नो ब्रान्ड लन्च कार्यक्रममा युरोपका लागि आफ्ना तीन प्रमुख ब्रान्डहरू CHANG-AN, DEEPAL र AVATR आधिकारिक रूपमा सुरु गरेको छ। यो माइलस्टोन चाङआनको "भास्ट ओसन प्लान" अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने एक नयाँ चरण हो।

अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, बिक्री र सञ्चालनमा फैलिएको पूर्ण रूपमा एकीकृत युरोपेली इकोसिस्टमको साथ चाङआनले लोकल ट्यालेन्टमा लगानी र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरेर अनि इन्टेलिजेन्ट र दिगो मोबिलिटीको भविष्यलाई अगाडि बढाएर युरोपेली उपभोक्ताहरूसँगको आफ्नो सम्बन्धलाई गहिरो बनाउँदैछ।
कार्यक्रममा चाङआनले CHANG-AN E07 र DEEPAL S05 सँगै युरोपेली डेब्यूको रूपमा DEEPAL S07 पनि प्रदर्शन गर्‍यो, जसको लन्च पछिल्लो चरणको लागि तय गरिएको थियो। बुद्धिमत्ता र विद्युतीकरणमा अत्याधुनिक प्रविधिहरूका साथ चाङआनले युरोपको लागि उच्च प्रदर्शन गर्ने विद्युतीय सवारी साधनहरूको माग पूरा गरिरहेको छ।

छ देश र दस स्थानहरूमा फैलिएको R&D प्रणालीद्वारा संचालित चाङआनको टेक्निकल इनोभेसन विश्वव्यापी रूपमा मान्यता प्राप्त छ। यसमा ३१ देश र क्षेत्रहरूबाट आउने १८,००० भन्दा बढी R&D कर्मचारीहरू कार्यरत छन जसमा १६ प्रविधि अनुसन्धान र उत्पादन विकास केन्द्रहरू, १७ प्रविधि कम्पनी र १८० प्रयोगशालाहरू (राष्ट्रिय स्तरका प्रयोगशालाहरू सहित) रहेका छन् जसले यसलाई युरोपेली ईभी बजारको एक प्रमुख भागको रूपमा स्थान दिन्छ।
युरोपेली सुरुवातको एक हिस्साको रूपमा चाङआनले सुरुमा नर्वे, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स र बेलायत जस्ता प्रमुख ईभी बजारहरूमा ध्यान केन्द्रित गर्दै बजार प्रवेशको औपचारिक रणनीति अपनाउँदैछ।

सन् २०२८ सम्ममा कम्पनीले सबै प्रमुख युरोपेली बजारहरूमा उपस्थिति जनाउने योजना बनाएको छ। नेदरल्याण्ड्समा अवस्थित युरोपेली मुख्यालयले व्यापार सञ्चालनको केन्द्रको रूपमा काम गर्नेछ। बिक्री कम्पनीहरूको मुख्यालय जर्मनीको म्युनिखमा स्थापना गरिएको छ। हाल युरोपभरि लगभग ५०० कर्मचारीहरू कार्यरत छन् जसमा इटाली र बेलायतका अनुभवी डिजाइनर र इन्जिनियरहरू पनि समावेश छन्। इनोभेसन र बजार संलग्नतालाई अगाडि बढाउनका लागि आफ्नो लोकल ट्यालेन्ट पूल विस्तार गर्न कम्पनी प्रतिबद्ध छ।

"जर्मनीमा आउन पाउँदा हामीलाई खुशी लागेको छ," चाङआन अटोमोबाइलका अध्यक्ष झु हुआरोङले भने। "चाङआन एक खुला र सहयोगी कम्पनी हो जुन दिगो गतिशीलताको नेतृत्व गर्ने र मानव जीवनलाई फाइदा पुर्‍याउने स्पष्ट लक्ष्यद्वारा संचालित छ।" "हामीले यस वर्ष विश्वव्यापी रूपमा तीस लाख युनिट बिक्री गर्ने लक्ष्य राखेका छौं जसमा दस लाख विद्युतीकृत सवारी साधनहरू हुनेछन्। हामीले सन् २०३० सम्ममा प्रति वर्ष पाँच लाख सवारी साधनहरू डेलिभर गर्ने लक्ष्य राखेका छौं जसमा तीस लाख विद्युतीकृत हुनेछन्। योसँगै हामी राम्रो भविष्यको लागि इनोभेसन पनि चलाइरहने छौं।" झुले थपे।

चाङआन अटोमोबाइलले टेक-ड्रीभन इनोभेसन, इन्टेलिजेन्ट निर्माण र दिगो विकासलाई केन्द्रमा राखेर आफ्नो विश्वव्यापीकरणलाई तीव्र पार्दै विश्वस्तरीय अटो ब्रान्ड निर्माण गर्न प्रतिबद्ध छ। युरोपमा ब्रान्डको यस सुरुवात चाङआनको विश्वव्यापी उपस्थितिमा एक महत्वपूर्ण कदम हो जसले विश्वव्यापी दृष्टिकोणको अर्को चरणलाई संकेत गर्दछ।

WhatsApp Image 2025-03-24 at 17.30.05_325d9820.jpg

चाङआन अटोमोबाइलको बारेमा
चाङआन अटोमोबाइल एक इन्टेलिजेन्ट लो-कार्बन मोबिलिटी प्रविधि कम्पनी हो जसमा ३१ देशका ९१५ भन्दा बढी विशेषज्ञहरू, चाङ-आन, डीपल, एभीएटिआर जस्ता विविध ब्रान्ड एवम् चाङआन फोर्ड, चाङआन माज्दा र जेएमसी जस्ता संयुक्त उद्यमहरू छन्।

चाङआनको बलियो उत्पादन फैलावट र विविधता छ जसमा यात्रुवाहक सवारी साधन, पिक-अप र हल्का व्यावसायिक सवारी साधनहरू समावेश छन्। प्रविधि इनोभेसनद्वारा संचालित बलियो क्षमता र औद्योगिक स्तरोन्नतिको साथमा दिगो मोबिलिटी इनोभेसनको लागि प्रतिबद्ध चाङआन अटोमोबाइल विश्वस्तरीय अटो ब्रान्ड बन्ने बाटोमा छ।