शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु

अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु

चैत्र ११, २०८१ सोमवार
चैत्र ११, २०८१ सोमवार
  • अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु

    वासिङ्टन र किएभका प्रतिनिधिहरूबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तीन वर्षदेखि जारी युद्धको द्रुत अन्त्यका लागि जोड दिइरहेका छन् र रियादमा हुने वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन् ।

    दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक–फरक योजना अघि सारेका छन्, तर सीमापार आक्रमण भने जारी छ। द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गर्न सहमत नभएको अवस्थामा तेस्रो पक्षको मध्यस्थतामा दुई वा दुईभन्दा बढी पक्षबीच हुने छलफल र वार्ता ९शटल डिप्लोमेसी० को माध्यमबाट सुरुमा द्वन्द्वरत पक्षका धारणा बुझ्ने र एउटा निर्णयका लागि आधार तय गरिने यो छलफल र वार्तामा अहिले अमेरिकी प्रतिनिधि र रूसी प्रतिनिधिबीच कुराकानी भइरहेको रुसको समाचार एजेन्सी तासले जनाएको छ ।

    रक्षामन्त्री रुस्तम उमरोभको नेतृत्वमा रहेको युक्रेनी टोली र अमेरिकी सेनाबीच आइतबार अबेर राति भेटवार्ता सम्पन्न भएको थियो । ‘हामीले ऊर्जालगायत महत्वपूर्ण बुँदालाई सम्बोधन गर्‍यौँ’, छलफल एजेन्डामा केन्द्रित भएको र फलदायी भएको उमरोभले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘युक्रेनले ‘न्यायोचित र दिगो शान्ति’ को आफ्नो लक्ष्यलाई वास्तविकतामा परिणत गर्न काम गरिरहेको छ ।’

    ट्रम्पका दूत स्टिभ विटकोफले कुनै पनि सम्झौताले पूर्ण युद्धविरामका लागि मार्ग प्रशस्त गर्ने बताउँदै फक्स न्यूजसँग बताए, ‘मलाई लाग्छ सुरूमा विशेष गरी दुई देशबीच ‘ब्ल्याक सी’ भएर आवतजावत गर्ने मालबाहक जहाजबारे छलफल हुनेछ त्यसपछि स्वाभाविक रूपमा वार्ता पूर्ण युद्धविरामतर्फ आकर्षित हुनेछ । तपाईं सोमबार साउदी अरबमा केही वास्तविक प्रगति देख्नु हुनेछ ।’

    ‘केवल शुरुआत’
    क्रेमलिनले आइतबार द्रूत समाधानको अपेक्षालाई कम महत्व दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी टेलिभिजनसँग भने, ‘हामी यो बाटोको सुरुआतमा मात्र छौँ ।’ उनले सम्भावित युद्धविराम कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा धेरै प्रश्नहरू रहेको बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्ण युद्धविरामका लागि तत्काल ३० दिनको वार्ता गर्ने अमेरिका र युक्रेनको संयुक्त आह्वानलाई अस्वीकार गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको एक अन्तवार्तामा पेस्कोभले भनेका छन्, ‘अगाडि वार्ताका लागि कठिन परिदृष्य देखिएका छन् ।’ पेस्कोभले संयुक्त राज्य अमेरिकासँगको वार्तामा ‘मुख्य’ ध्यान २०२२ को ‘ब्ल्याक सी’ हुँदै खाद्यान्न सम्झौताको सम्भावित पुनरुत्थान हुने बताउनुभएको छ । उक्त सम्झौताले ‘ब्ल्याक सी’मार्फत युक्रेनी कृषि निर्यातको लागि सुरक्षित आवागमन सुनिश्चित गर्दछ ।

    पेस्कोभले भने, ‘सोमबार हामी मुख्यतया तथाकथित ‘ब्ल्याक सी’ सम्झौताको पहललाई पुनः सुरु गर्न राष्ट्रपति पुटिनसँग छलफल गर्न चाहन्छौँ र हाम्रा वार्ताकारहरू यस समस्याको वरिपरिका सूक्ष्मताहरू छलफल गर्न तयार हुनेछन् ।’ सन् २०२३ मा टर्की र संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको उक्त सम्झौताबाट मस्को पछि हटेको थियो र पश्चिमा मुलुकले रुसको आफ्नै कृषि उपज र मलको निर्यातमा लगाइएको प्रतिबन्धलाई कम गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाएका थिए । युक्रेनका एक वरिष्ठ अधिकारीले यसअघि एएफपीलाई बताएअनुसार किएभले ऊर्जा सुविधा, पूर्वाधार र नौसैनिक आक्रमणमाथि हुने आक्रमणलाई समेट्ने गरी व्यापक युद्धविरामको प्रस्ताव गर्नेछ । वार्ताको पूर्व सन्ध्यामा दुवै पक्षले नयाँ ड्रोन आक्रमण गरेका थिए ।

    किएभमाथि घातक आक्रमण जारी
    युक्रेनी अधिकारीहरूले शनिबार राति भएको रुसी ड्रोन आक्रमणमा परी पाँच वर्षीया बालिका र उनका बुबासहित तीन सर्वसाधारणको मृत्यु भएको बताएका छन् । राजधानीमा रहेका एएफपीका पत्रकारहरूले आपतकालिन कामदारहरूले आइतबार बिहान आक्रमणका कारण क्षतिग्रस्त आवासीय भवनहरूको अगाडि घाइतेहरूको उपचार गरिरहेको देखेको बताए ।

    घातक आक्रमणहरू देशका अन्य ठाउँको तुलनामा राजधानीमा विरलै हुने गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना देशका सहयोगी राष्ट्रलाई रुसमाथि नयाँ दबाब सिर्जना गर्न आग्रह गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी आक्रमण र यो युद्धलाई अन्त्य गर्न मस्कोमाथि नयाँ निर्णय र नयाँ दबाब आवश्यक छ ।’

    ट्रम्पको नेतृत्वमा वासिङ्टनसँगको सुमधुर सम्बन्धपछि मस्को साउदी वार्तामा उत्रेको छ जसले क्रेमलिनमा विश्वास बढाएको छ । पेस्कोभले आइतबार भने, ‘हाम्रा देशहरूबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभकारी सहयोगको सम्भावनालाई नजरअन्दाज गर्न सकिंदैन ।’ ‘हामी केही कुरामा असहमत हुन सक्छौँ तर यसको अर्थ हामीले पारस्परिक लाभबाट आफूलाई बञ्चित गर्नुपर्छ भन्ने होइन’, उनले भने ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार