शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच छलफल सुरु

सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच छलफल सुरु

चैत्र ११, २०८१ सोमवार
चैत्र ११, २०८१ सोमवार
  • सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच छलफल सुरु

    प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ ।

    तीन नेताबीच आज सोमबार अपराह्न पौने ५ बजेबाट सिंहदरबारमा छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    छलफलमा तीन नेतासँगै गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, माओवादीका उपमहासचिव शक्ति बस्नेत र नेता खिमलाल देवकोटा सहभागी छन् ।

    उनीहरूबीच संक्रमणकालीन न्यायबारे छलफल गर्ने तयारी छ । सिंहदरबार जानुअघि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार