Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भेट्न अध्यक्ष प्रचण्ड आज सोमबार अपराह्न शीतल निवास पुगेको उनको सचिवालयले जनाएको छ ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ । यसपछि प्रचण्ड प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको बैठकमा सहभागी हुँदैछन् ।

बैठकमा सहभागी हुनुपूर्व उनी शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन् ।