Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने

त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ । चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको स्ववियु निर्वाचन चैत १३ गते हुने भएको हो । 

निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने उल्लेख छ । चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ। 

स्ववियु चुनाव मिति तय गर्न नेविसंघले प्रदर्शनसमेत गरेको थियो। नेविसंघबाट स्ववियु अध्यक्ष उम्मेदवार गोविन्द कोइरालालगायतले स्ववियु चुनाव सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

tri.jpg