Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सानिमा बैंकद्वारा ग्लोबल मनी विकमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंकले चैत्र ४ देखि १० गतेसम्म ग्लोबल मनी विकको अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

सातै प्रदेशमा रहेका बैंक शाखाहरु मार्फत विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।

सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ एटिएम सञ्जालहरु संचालनमा छन्।