Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

मुक्तिनाथ विकास बैंकका दुई जना ग्राहकले जिते बैंककको राउन्ड फ्लाइट ट्रिप टिकट

मुक्तिनाथ विकास बैंक लिमिटेडका एक भिसा डेबिट कार्डहोल्डर तिल प्रसाद पौडेलले दुई जनाको लागि को राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन्।

यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्ड बहाकहरुबीच सञ्चालित विशेष अभियान अन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन्।

भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरू ल्याउने बताएका छन्।

साथै, बैंकले हालै जारी ग्लोबल मनी वीक अन्तर्गत देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन तथा सो सम्बन्धी जागरण अभियान कार्यक्रमहरूमा भाग लिइरहेका छन्।