Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मेयर बालेनले प्रकाशमानलाई भने– मलाई हराउने नाममा देश नहराउनू

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कांग्रेस नेता तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई विभिन्न कामहरू कहिले गर्ने भन्दै प्रश्न गरेका छन् । आज आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश नहराउन आग्रह गरेका छन् ।

‘माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंह ज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो?’ उनले प्रश्न गरे ।

बालेनले गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन पनि आग्रह गरेका छन्। ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ उनले भनेका छन्, ‘यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’