Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश छन्ः डा. भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएका छन् । 

जनकपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू पनि बिस्तारै थाक्दै, गल्दै गएको जिकिर गरे । 

उनले त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउने दाबी समेत गरे ।

संघीयतासम्बन्धी आवश्यक नियम, कानुन आदि बेलामा नबनाइदिँदा ठिक ढंगले कार्यान्वयन हुन नसकेको उनको भनाइ छ  । पूर्व प्रधानमन्त्री डा.भट्टराईले अहिलेको संघीयता अपूरो रहेको बताए । 

हेर्नुहोस् यो भिडियो: