Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कामना सेवा विकास बैंकद्वारा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

सप्तरी सदरमुकाम राजविराज स्थित कामना सेवा विकास बैंकले साताव्यापी रुपमा मनाईने ‘ग्लोवल मनी विक’ को तेह्रौं संस्करण अन्तर्गत शुक्रवार कलेजका विद्यार्थीहरुलाई समेटेर वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय क्षितिज एजुकेशन कलेजको ५५ जना विद्यार्थीको सहभागितामा बैंकद्वारा सो कार्यक्रमको आयेजना गरिएको हो ।राष्ट्रबैंकको नीति र योजना अनुसार वित्तिय सचेतना अभिवृद्धिमा सहयोग पु¥याउने, विद्यार्थीलाई वित्तिय सेवा प्रदायक संस्थाका गतिविधि’दयगत जानकारी दिने र लगानीका क्षेत्र’दयगत सही जानकारी गराउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक सूर्यनारायण मुखियाले जानकारी दिए ।

‘ग्लोवल मनी विक’ मुलतः किशोर किशोरी तथा युवा युवतीमा वित्तिय शिक्षाको महत्व’दयगत जागरण ल्याउने उद्देश्य रहेको उनको भनाई छ ।

कार्यक्रममा शाखा प्रबन्धक मुखियाका साथै शाखाका समन्वय प्रबन्धक प्रशान्त भगत, रत्न यादव कलेजका संचालक सदस्य केशव झा, प्राध्यापक राजदेव यादव लगायतले वित्तिय शिक्षाको महत्व र वित्तिय सेवाका आधारभूत पक्ष’दयगत विद्यार्थीहरुलाई ज्ञान बाँडेका थिए । अभियानको स्थायी नारा सिक, बचाउ, कमाउ र बचत गरों रहेको छ ।