Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्राइम कमर्सियल बैंक अरुणखोला शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैंक अरुणखोला शाखाले ग्लोबल मनी विक–२०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत २०८१ चैत ६ गते बुधबार मध्यविन्दु नगरपालिका–१२, तमास्पुरस्थित श्री यादव मा.वि. मा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा बैंकका शाखा प्रमुख टुल्का प्रसाद काफ्ले, सम्बन्ध अधिकृत आशिष गिरी र सञ्चालन विभाग प्रमुख हरि प्रसाद खरेल उपस्थित थिए। उनीहरूले ५८ जना विद्यार्थी र १४ जना शिक्षकलाई बैंकिङ तथा सुरक्षित वित्तीय कारोबार सम्बन्धी जानकारी दिएका थिए।

विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र महतोको संयोजनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरू उत्साहका साथ सहभागी भएका थिए। शाखा प्रमुख काफ्लेका अनुसार वित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीहरूको वित्तीय चेतना, ज्ञान र सीप बढाउने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सहज बनाउन थप मद्दत पुग्नेछ।

बैंकले ग्राहकहरूका लागि उच्च ब्याजदरयुक्त निक्षेप, कर्जा सुविधा, एटीएम, क्रेडिट कार्ड र मोबाइल बैंकिङ सेवा उपलब्ध गराइरहेको छ। साथै विद्यार्थी बचत खाता शून्य मौज्दातमा खोल्न सकिने र पहिलो वर्ष एटीएम तथा मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराउने शाखा प्रमुख काफ्लेले बताए।