Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यले बनायो ऐतिहासिक ‘रेकर्ड’, तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक ‘रेकर्ड’ बनाएको छ । अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा आज प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सुनको भाउ भने सामान्य घटेको छ ।

आज ५ रुपैयाँले घटेर चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।