Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबीच छुट प्रदान गर्ने सम्झौता

नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का विभिन्न स्थानहरुमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र  ग्राहकहरुलाई प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशत सम्म र आई. भि. एफ प्याकेजमा कर्मचारीहरुलाई रु. १५,००० र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई रु. १०,००० छुट हुने भएकोे हो ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. को तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नविन विष्टले  हस्ताक्षर गरेका हुन्।


यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौं स्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवल मा अवस्थित वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. का अस्पताल र  क्लिनिकहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।