Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

१७२ यात्रु सवार अमेरिकी विमानमा लाग्यो आगो (भिडियोसहित)

अमेरिकाको डेनभरमा बिहीबार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ।

विमान डेन्भर विमानस्थलमा पार्क गरिएको थियो । आगोले विमान धुवाँले भरिएको थियो । विमानमा १७२ यात्रु सवार विमान कोलोराडो स्प्रिंग्सबाट डलास–फोर्ट वर्थ उड्ने तयारीमा रहेको थियो ।

विमानमा अचानक आगलागी भएको र दुर्घटनाबाट कुनै पनि यात्रुको स्वास्थ्यमा असर नपरेको एयरलाइन्सका प्रवक्ताले बताएका छन् । आगो छिटो नियन्त्रणमा लिएकोमा एयरलाइन्सले विमानस्थल प्राधिकरणलाई धन्यवाद दिएको छ ।