Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

माओवादी सांसद मागे अर्थमन्त्री विष्णु पौडेलको राजीनामा

नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामा भोटेले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले अर्थ समितिमा विधेयक छलफलमा रहँदा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, ०८१ ल्याइएको भन्दै आपत्ति जनाए ।  उनले विधेयक अस्वीकारको सूचना राख्दै सदनमा छलफल रहँदा अध्यादेश ल्याउनु विधिविपरीत भएको बताए ।

“मानीनय अर्थमन्त्रीज्यूले ०८१ साउन ३२ गते यो सदनमा पेस गर्नुभएको विधेयकलाई गरिमामय सदन छलेर अध्यादेश बनाएर पेस गर्नुभएकाले तत्काल नैतिकताका अधारमा राजीनामा दिनुस्,” उनले भने ।

अध्यादेश फिर्ता हुनुपर्ने माग उनको छ ।