Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

संसदमा रास्वपाको चेतावनी: एउटा कुलमान लखेटे, हजारौं कुलमान ल्याउँछौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए हजारौं कुलमान ल्याउने चेतावनी दिएको छ ।

आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मनिष झाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए हजारौँ कुलमान ल्याउने बताएका हुन् ।


उनले भने, ‘कम्पनीलाई फाइदामा पुर्‍याउने कुलमान घिसिङ जस्तो मान्छेलाई हामी शून्यमा मूल्याङ्कन गर्छौं । उनलाई विभिन्न बहानमा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएनौं भनेर निष्कासनको बहाना गरिरहेका छौं । हामी खबरदार भन्छौं । एउटा कुलमानलाई लखेट्यौ भने हजारौं कुलमान ल्याउँछौं ।’