Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रतिनिधिसभा बैठक: अध्यादेश प्रस्ताव पेस गर्ने तयारी, अनिवार्य उपस्थित हुन सांसदलाई एमालेको निर्देशन

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  बैठकमा अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । 

आजको बैठकमा विभिन्न ११ वटा कार्यसूची रहेका छन् । जसमा एउटा विधेयक र बाँकी अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।  

अनिवार्य उपस्थित हुन सांसदलाई एमालेको निर्देशन

 नेकपा (एमाले)ले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । एमाले संसदीय दलको मुख्य सचेतक महेश बर्तौलाले मंगलबार पार्टीका प्रतिनिधिसभाका सदस्यलाई सन्देश पठाउँदै बुधबारको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएका हुन् । 

सांसदलाई पठाइएको सन्देशमा भनिएको छ, “माननीय सदस्यहरू, बुधबार १ बजे बस्ने बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।” एमालेले प्रतिनिधिसभाको बैठकमा पेस गरिने अध्यादेश पारित गर्नको लागि पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन गरेको हो ।

आजको बैठकमा सरकारले अध्यादेश स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गर्दैछ । 

त्रक.png